काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । ईच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
खरीद आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले असोज २४ गतेपश्चात् कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जनाएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।