IME Life
GBIME

सोनापुर मिनरल्सको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओको प्रिअलोटमेन्ट सम्पन्न भई आज बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार आज असोज २४ गते आइपीओ बाँडफाँग गर्ने तयारी भएको हो । बुधबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ  बाँडफाँड  गर्ने  भएको छ ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

Crest

अन्तिम दिनसम्म आइपीओमा ११ लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन आइपीओमा ११ लाख १३ हजार ८५५ जनाले ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । उक्त वापत ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँ संकलन भएको छ । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप गोलाप्रथाबाट हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS