IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ सूचीकृत भएको छ । माण्डु हाइड्रोपावरको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो कम्पनीको शेयर भोलिदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एमएएनडियु रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसा ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।

Crest

कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १६ लाख ३६ हजार ३७० कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण शेयर सूचीकृत गराएको हो । शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटल लिमिटेडबाट दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर भोलि अर्थात बुधवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९५ रुपैयाँ ०९ पैसादेखि २८५ रुपैयाँ २७ पैसा ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।

कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष र कर्मचारी सहित २९ लाख ३६ हजार २५ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड ४ लाख ७५ हजार कित्ता गरेर कुल २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाजिम्पाटबाट हुने जनाएको छ । कम्पनीको स्टक सिम्बोल एचएटिएचवाई रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS