काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १,८८९ दशलमव ५९ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।