काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १,८८९ दशलमव ५९ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा जिआइसीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नविल बैंकको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।