काठमाडौं । साताको दोश्रो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ५८ अंकले घट्दै बजार १९०८ दशमलव ६६ विन्दुमा बन्द भएको छ ।
आजको कारोबारलाई हेर्दा शिर्ष ५ ब्रोकरको कारोबार मिश्रित रहेको छ । शिर्ष ५ ब्रोकरमध्ये तीन ब्रोकरले खरीद धेरै गरेका छन् भने बाँकी दुईले विक्री धेरै गरेका छन् ।
आज ब्रोकर नम्बर ५८ ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ४ करोड ८७ लाखको खरीद हुँदा ९ करोड ३६ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ रहेको छ । ब्रोकर नम्बर ४२ बाट ४ करोड ९६ लाखको खरीद हुँदा ३ करोड ९६ लाखको विक्री भएको छ ।