काठमडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ५८ अंकले घटेर १,९०८ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज ६६ कम्पनकिो शेयर मुल्य बृद्धि भएको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएके छ । हिमालयन लघुवित्तको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।