IME Life
GBIME

नेप्सेमा दोस्रो दिन पनि दोहोरो अंकको गिरावट हुँदा १५८ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ५८ अंकले घटेर १,९०८ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज ६६ कम्पनकिो शेयर मुल्य बृद्धि भएको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएके छ । हिमालयन लघुवित्तको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले कमाएका हुन् । थ्री स्टार हाइड्रोपावरका लगानकिर्ताले ४ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनका लगानीकर्ताले ४ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS