काठमाडौं । आज नेप्सेमा सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।