Connect IPS
IME Life

इजरायलमा भीषण आतंककारी आक्रमण, कम्तीमा २३२ जना मारिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्यालेस्टाइनि विद्रोही समूह हमासले शनिबार इजरायलमा गरेको भीषण आक्रमणमा दुई सय ३२ जनाको ज्यान गएको छ। एक हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

आक्रमणलाई मध्यनजर गर्दै इजरायल यूद्धको स्थितिमा रहेको प्रधानमन्त्री नेतान्याहुले घोषणा गरेका छन्।

Prabhu
Crest

हजारौंको संख्यामा हतियार बन्द आक्रमणमारीहरुको समूह इजरायलको गाजा क्षेत्रमा प्रवेश गर्दै सर्वसाधारणको घर र सैनिक शिविरहरुमा रकेट लन्चरको सहायताले भीषण आक्रमण गरेका हुन्। उनीहरुले बेग्लाबेग्लै २२ वटा स्थानमा भीषण गोलाबारी गरेका छन्। साथै सैनिक र गैर सैनिक समेत ठूलो संख्यामा बन्दी बनाएका छन्।

स्थानीय द टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार बमबारी अझै पनि जारी छ। विपक्षी दलले अहिलेको आपतकालीन अवस्था सम्हाल्नका लागि प्रधानमन्त्री नेतान्याहुको टोली असक्षम रहेको भन्दै चर्को आलोचना गरेको छ।

इजरायलमा उच्च शिक्षा अध्ययन र घरेलु कामदारका रुपमा रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको छ। इजरायलस्थित नेपाली राजदूतावासले सात जना नेपाली नागरिक घाइते भएको जानकारी सार्वजनिक गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS