Connect IPS
IME Life

एक महिनामा ९ हजार ३ सयले त्यागे १ अर्ब १८ करोडको बीमा पोलिसी, कुन कम्पनीको कति सरेण्डर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनामा मात्रै ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार भदौ महिनामा ९ हजार ३८६ जनाले १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत साउन महिनामा ९ हजार ७९८ जनाले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए । साउन महिनाको तुलनामा भदौ महिनामा बीमा पोलिसी सरेण्डर कम भएको देखिएको छ । गत साउनको तुलनामा पोलिसी सरेण्डर १० करोड रुपैयाँ बराबरले कमी हो ।

बीमा पोलिसी सरेण्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएता पनि गत साउनको तुलनामा भदौमा भने केही कमी आएको देखिएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा राष्ट्रिय बीमा संस्थानको ११ हजार ३४ जना बीमितहरुले ९ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ६९९ जना बीमितहरुले १० करोड ५९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । नेपाल लाइफको २५ हजार ४२ जनाले ४० करोड ३९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालका १८ सय २३ जना बीमितहरुले २७ करोड ५८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ३९१ जना बीमितहरुले ३ करोड ६९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७५८ जना बीमितहरुले ४ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका ४१ जना बीमितहरुले ४७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।
त्यसैगरी सन नेपाल लाइफका ४० जना बीमितहरुले ४० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १४२ जना बीमितले ७२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका २०३ जना बीमितहरुले १ करोड ६३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ४११ जना बीमितहरुले ७ करोड ३१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १५९ जना बीमितहरुले १ करोड २३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ९५९ जना बीमितहरुले ८ करोड ४३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ८४ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

88%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS