काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस अघि स्थगित गरेको आठौं वार्षिक साधारण सभा आज असोज १९ गते गर्ने भएको छ । यस अघि भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा भदौ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।