काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा ब्रान्च म्यानेजर र कर्पोरेट सेल्स अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका आफ्नो विभिन्न शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको बताइएको छ । उक्त पद ब्रान्च म्यानेजरका लागि कम्पनीले २३ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । र कर्पोरेट सेल्स अफिसरका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।