काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले बुक क्लोजको मिति तय गरेको छ । फण्डले असोज २५ गते बुकक्लोज गर्ने भएको हो । त्यसकारण असोज २४ गतेसम्म कायम भएका इकाईधनीहरूले फण्डले घोषणा गरेको प्रतिफल पाउने छन् ।
कम्पनीको असोज १५ गते बसेको १६५ औं बैठकको निर्णय अनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ५ प्रतिशत प्रतिफल घोषणा गरिसकेको छ । कम्पनीले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।