काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, जुनियर अफिसर, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
ब्रान्च म्यानेजरका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने बैंकले जनाएको छ । साथै, उमेरको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि ३० वर्ष उमेर ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।