Connect IPS
IME Life

माई खोला हाइड्रोपावरको साधारण सभा आज, शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको स्थगित तेस्रो वार्षिक साधारण सभा आज असोज १८ गते हुने भएको छ । यस अघि असोज ९ गतेका लागि उक्त सभा गर्ने भनिएकोमा प्राविधिक कारण देखाएर उक्त दिन सभा स्थगित गर्ने निर्णय गरेको थियो ।

भदौ २५ गतेको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु , धुम्बारही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराईसकेको छ । अब वार्षिक साधारण सभाबाट पारित गराएर नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रक्रिया कम्पनीले अघि बढाउनेछ ।

सभाले कम्पनीको ठेगाना परिवर्तनको विषय पनि पेश गर्नेछ ।साथै संस्थापक शेयरधनीहरूबाट ४ जना, सर्वसाधारणबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयधरनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS