Connect IPS
IME Life

आज रातीबाट डीभी २०२५ का लागि आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने छ । आज रातीबाट आगामी नोभेम्बर ७ वा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म डीभीको लागि आवेदन दिन सकिनेछ । डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।

डीभी आवेदन भर्दा फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्ने र अघिल्लो वर्षको प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग नगर्न पनि दुतावासले बताएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ । डीभीकोलागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । आवेदनमा आवेदकको पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानको समेत जानकारी दिनु अनिवार्य रहेको छ ।

Prabhu
Crest

दुतावासका अनुसार डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिनेछ। डिभी आवेदन प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दुतावासले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS