IME Life
GBIME

शेयर बजारमा ९ अंकको बृद्धि हुँदा १७४ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेय बजार नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर १,९६७ को विन्दुमा कायम भएको छ । आज १७४ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनरिमा २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज शिवम् सिमेन्टको ३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ६१ प्रतिशतका दरले गुमाएका हुन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशलमव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS