काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र साथी अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि, कैलालीबीच सम्झौता भएको छ। बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी साथी अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो। उक्त सम्झौता सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदीश्वर पण्डितबीच सम्पन्न भएको हो।
नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/10/साथी-अस्पताल-एण्ड-रिसर्च-सेन्टर-प्रालि2023-10-03-01-17-12.jpeg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)