काठमाडौं । हिजो सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर १,९५८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, घलेम्दी हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।