काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आइपीओ असोज १५ गते बाँडफाँड गरेको हो ।
सो अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई कम्पनीको १ लाख ९१ हजार २५० कित्ता साधारण शेयरहरु असोज १५ गते सोमबार बाँडफाँड गरिएको हो । शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेबसाइट www.muktinathcapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाईट www.iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।