IME Life
GBIME

मर्जरको प्रस्ताव पारित गर्न सामुदायिक लघुवित्तले डाक्यो विशेष साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे होटल उग्रचण्डी , बनेपा, काभ्रेपलाञ्चोकमा गर्ने निर्णय गरेको हो ।

सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । सभाले गाभिएपश्चात गठन हुने सञ्चालक समितिको कार्यकाल, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Crest

सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेतच स्वीकृति प्रदान गर्नेछ । बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शन्य दशमलव ८५३५ को शेयर स्वाप रेसियो वारे सहमति भएको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS