काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड-२ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। फण्डले असोज २६ गते एक दिनका लागि बुक क्लोज गर्न लागेको हो। त्यसकारण असोज २५ गतेसम्म कायम इकाईधनीले प्रतिफल पाउनेछन् । फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।
नबिल ब्यालेन्स्ड फण्ड-२ को बुक क्लोज मिति तय
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/book-close.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)