Connect IPS
IME Life

आजसम्म शेयर किन्नले दुई वाणिज्य बैंकको बम्पर लाभांश पाउने, साधारण सभा कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंकले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज असोज १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकले साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएएको छ । यसको आधारमा आज असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारितका लागि बैंकले २६औं वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS