काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आइपीओ निष्काशन गर्न भदौ २९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले आइपीओ निष्काशन गर्न सेबोनबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ निष्काशन गर्नेछ ।