Connect IPS
IME Life

स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ ।  यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने बैंकको भनाइ छ । ‘कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने विश्वास गरिएको छ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बेलायती सरकारअन्तर्गत यूकेएडको संलग्नताको यो संयूक्त कार्यक्रम हो ।

सम्झौताले देशमा नवीकरणीय उर्जा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ । दिगो पहलका लागि कर्जा प्राप्त गर्दा ‘लोन लस ग्यारेन्टी’ सुविधाले धितोको आवश्यकता कम गर्ने अपेक्षा गरिएको छ ।  यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत पर्ने बताइएको छ । यसले कर्जाका लागि २० प्रतिशत ग्यारेन्टी जोखिम बहन गर्ने सम्झौतामा उल्लेख छ ।

Prabhu
Crest

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP)  वितरित नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी बढाउन र  सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण, र नियामक वातावरणलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन प्रतिबद्ध रहेको बताइएको छ ।

कार्यक्रमले सक्षम र दिगो नीति, योजना, कानून निर्माणमा सहजीकरण गर्ने छ । सम्झौतामा हस्ताक्षर समारोहमा स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग बैंकले गरेको सम्झौता साझेदारीको शुरुआत मात्र भएको बताए ।  प्रमुख कार्यकारी अधिकृत दस्तीदारले भने, “यो वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग स्ट्यान्डर्ड चार्टर्ड बैंक को साझेदारीको सुरुवात मात्र हो । यसबाहेक, ‘एक्सेलेरेटिङ जीरो’ विश्वव्यापी रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख रणनीतिक स्ट्यान्डहरूमध्ये एक भएकोले नेपाल स्वाभाविक रूपमा एउटा रोमाञ्चक बजार हो ।’

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस वर्षको शुरूमा काठमाडौंमा‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर नेपाल’ आयोजना गरेको थियो, जुन नेपालका लागि गानीको अन्तर घटाउने वित्तीय औजारमा केन्द्रित रहेको बैंकले स्मरण गरेको छ । विश्वव्यापी रूपमा बैंकले यस दशकको अन्त्यसम्ममा ३०० बिलियन डलर ग्रीनरट्रान्जिसन फाइनान्स परिचालनमा दिगो वित्तको दायरा र लपहुँच विस्तारमा खर्चने योजनामा रहेको बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS