काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ६० अंकले घटेर २,००४ दशलमव ३० को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सन नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशियाको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।