काठमाडौं । हिजो घटेको बजारमा आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४५ अंकले बढेर २,०२२ दशलमव ९१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक बढेका छन् ।
आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ३४ लाखको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ७ करोड ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।