IME Life
GBIME

नेप्सेमा १८ अंकको बृद्धि हुँदा १९० कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो घटेको बजारमा आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४५ अंकले बढेर २,०२२ दशलमव ९१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ३४ लाखको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ७ करोड ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियररिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS