IME Life
GBIME

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आइपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपओि असोज ८ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका लागि आइपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म ८० हजार कित्ता आइपीओ विक्री गरी भदौ २६ गते सम्पूर्ण कित्ता आइपीओ बाँडफाँड गरेको हो ।

Crest

पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS