काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको रोजगारीका आवेदन दिने आज अन्तिम दिन रहेको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज असोज ९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो ।