काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागले ४३औं विश्व खाद्य दिवसको अवसरमा लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । अंग्रेजीमा water is life, water is food, leave no one behind र नेपालीमा जीवन र खाद्यको आधार हो पानी भन्नेल विषयमा लेख रचना पेश गर्न आग्रह गरेको छ । लेख रचना कम्तिमा १ हजार शब्द हुनुपर्नेछ । उक्त लेख रचना असोज ७ गतेदेखि असोज २० गतेभित्र राष्ट्रिय पत्रिकामा वा अनलाइनमा प्रकाशन भएको हुनुपर्नेछ । उक्त प्रकाशित लेख रचना प्रकाशनको प्रतिलिपी लिंक असोज २० गतेभित्र सचिवालयमा वा यस विभागको इमेलमा पठाउनुपर्ने जनाएको छ । प्राप्त लेख रचनाको मुल्यांकन गरी सर्वोत्कृष्ट २ लेख रचनालाई प्रमाणपत्र र नगद १० हजार दिइने जनाएको छ ।