IME Life
GBIME

नेप्सेमा १९ अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार हुँदा माछापुच्छ्रेको सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर २,०१० दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज माइक्रोफाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, सन नेपाल लाइफको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ८ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीले १० प्रतिशतका दरले कमाएका हुन् ।  थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS