काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४४ दशलमव ३४ अंकले बढेर २,०२९ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।
आज ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सन नेपाल लाइप इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज रिलायबल नेपाल लाइफको १३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।