काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४४ दशलमव ३४ अंकले बढेर २,०२९ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको ेशयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक बढेको छ । आज यस उपसूचक ५ दशलमव ३१ प्रतिशतले बढेको छ ।
आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सन नेपाल लाइप इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज रिलायबल नेपाल लाइफको १३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले गुमाएका छन् ।