Connect IPS
IME Life

समृद्धि फाइनान्सको समृद्धि बचत धमाका योजनामा उत्कृष्ट व्याजदर पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनि लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोबर, ११९ महिना २८ दिनमा तीन गुणा, १७५ महिना २१ दिनमा पाँच गुणा र २२७ महिनामा आठ गुणा सम्म बढाउन सक्ने छन् ।

साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोबर, ११० महिना १७ दिनमा तीन गुणा, १६१ महिना २९ दिनमा पाँच गुणा र २०९ महिना ८ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

Prabhu
Crest

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा ११.७५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS