Connect IPS
IME Life

सानिमा सेक्यूरिटीजको प्रथम वार्षिक साधारण सभा असोज २६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले असोज २६ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे काठमाडौं पुतलीसडकस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

नयाँ ब्रोकर कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले पहिलो वर्ष नै शेयरधनीहरूलाई २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्ने जनाएको छ ।

सभाले प्रबन्धपत्रमा अन्य कम्पनीको शेयर, डिबेन्चर, बण्ड, म्युचुअल फण्ड आदिमा लगानी गर्ने उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS