IME Life
GBIME

आर्थिक वृद्धिदर ४‍.३ प्रतिशतमा सीमित रहने एशियाली विकास बैंककाे प्रक्षेपण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियाली विकास बै‌ंक(एडिबि) ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२४ मा ४.३ प्रतिशत (बजार मूल्यमा) वृद्धि हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धि  १.९ प्रतिशतले मात्र भएकाे एडिबिले प्रकाश गर्ने एशियन डेभलपमेन्ट आउटलुक (एडीओ) काे सेप्टेम्बर २०२३ को पछिल्लो संस्करणमा उल्लेख छ।

मुद्रास्फीतिमा न्यूनता र सहज विदेशी विनिमय सञ्चितिसँगै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति अडानलाई ५० आधार बिन्दुले घटाएर ६ दशमलव ५ प्रतिशतमा पुर्याएकाले ब्याज दर घटाउन र  आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न सहयाेग गर्ने अपेक्षा एडिबीकाे छ। घर जग्गा काराेबार, थोक र खुद्रा व्यापार र आवास र खाद्य सेवाबाट आउने विस्तारसँगै सेवा क्षेत्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। जुन महिनामा भएकाे न्यून वर्षा र मौसमको अनियमितताले कृषी उत्पादमा गिरावट र गाईवस्तुमा छालाको प्रकोपले कृषी क्षेत्रकाे उत्पादकत्व घटाउने अनुमान गरिएकाे छ।

Crest

प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम इन्धनकाे मूल्यमा आएको कमी र नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फीतिमा आएको गिरावटका कारण आर्थिक वर्ष २०२३ मा ७.७ प्रतिशतबाट वार्षिक औसत मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा ६.२ प्रतिशतमा झर्ने प्रक्षेपण समेत गरेको छ।

“मूल्य र बाह्य क्षेत्रको स्थायीत्व पुनर्स्थापनामा केही प्रगति भए पनि वित्तीय चुनौतीहरू यथावत रहेकाे अध्ययन प्रतिवेदनमा उल्लेख छ।आर्थिक वर्षको अनुमानित वित्तीय घाटा कूल गार्हस्थ उत्पादनकाे २.४ प्रतिशतमा सीमित हुने अनुमान छ । गत वर्ष यस्ताे घाटा ६‍.१ प्रतिशत रहेकाे थियाे । सरकारले चालू आर्थिक वर्षका  लागि आफ्नो महत्वाकांक्षी राजश्व लक्ष्य पूरा गर्न नसके वास्तविक घाटा धेरै बढी हुन सक्ने चेतावनी समेत एडिबीले दिएकाे छ।

पछिल्लो समयको प्रवृत्ति र केन्द्रीय बैंकको विवेकपूर्ण मौद्रिक नीतिलाई हेर्दा कम्तीमा ७ महिनाको आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य हासिल हुने देखिन्छ । स्थिर रेमिट्यान्स र उच्च आयातको बीचमा, चालू खाता घाटा कूल गार्हस्थ उत्पादनकाे १‍.८ प्रतिशतमा सीमित हुने अपेक्षा गरिएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS