कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच असोज २ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –३० ज्ञानेश्वर स्थित एटिक रेष्टुरेन्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।