Connect IPS
IME Life

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनआईएमबी क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १६ लाख ९३ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस निष्काशनमा ३० हजार ३ सय ६० जनाको आवेदन परेको थियो। जस मध्ये १२ जना आवेदकहरुबाट ४५० कित्ता रितपुर्वक नदेखिएको क्यापिटलले जनाएको छ । योग्य रहेका कूल ३०,३४८ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने १०,५९१ जना आवेदकहरुलाई माग बमोेजिमका २,४६,०६० कित्ता तथा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकहरुलाई ४० कित्ताका दरले ७,९०,२८० कित्ता गरी कुल १०,३६,३४० कित्ता बाँडफाँड अगरिएको छ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२२८ कित्ताको हकमा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि ३,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२२ जना सफल आवेदक छनोट गरी १,८०,२२० कित्ता बाँडफाँड गरिएको छ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३,००० कित्ता सम्म मागगर्ने ११,४१८ जना आवेदकहरु मध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

त्यस्तै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिएको शेयर पनि बाँडफाँड भएको छ । क्यापिटलका अनुसार स्थानीयको हकमा संकलन केन्द्रहरुबाट ४७,८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६,७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १३४,५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो ।

जसमा १ जना आवेदकको ४० कित्ता शेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठह¥याई रद्द गरिएको क्यापिटलले जनाएको छ । योग्य रहेका ६५६ जना आवेदकहरुलाई शेयर बाँडफाँड गरिएको छ । स्थानीयको हकमा न्यूनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म माग गरी आवेदन गर्ने सम्पूर्णलाई माग बमोजिम कै शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

स्थानीयलाई कुल १३४,५२० कित्ता बाँडफाँड गरिएको छ । अब कम्पनीले आम सर्वसाधारणलाई कुल १,२१,६५,६८० कित्ता शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS