काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । हिजो घटेको बजारमा आज भने १६ दशमलव २४ अंकले बढेर १,९८५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।
आज १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको शेयर किनबेच हुँदा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ओरिएण्टल होटल्सको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।