काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आइरहेको छ । यसै अवसरमा सिटिजन लाइफ बुटवल शाखाकी सिनियर एजेन्सि म्यानेजर अञ्जना के.सिले आफ्नो छोरा एलेक्सको जन्मदिनको अवसरमा सिटिजन सुभारम्भ जिवन बीमा उपहार प्रदान गरेकी छिन् ।
जन्मदिनको दिन फजुलमा खर्च गर्नुको सट्टा जीन बीमा गर्दा बचतसँगै बिभिन्न अप्ठ्यारो अवस्थामा जोखिम बहन पनि हुने हुँदा जीवन बीमा गरिदिएको उनले बताइन् ।
पछिल्लो समय जीवन बीमा प्रति ब्यक्तिहरु जागरुक भएका छन बिभिन्न शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने चलन बढेको छ सोहि अवसरमा आफ्नो छोरालाई पोलिसि उपहार दिएको उनको भनाई छ ।