IME Life
GBIME

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, १ लाख २१ हजार ३८७ जनाले पाए शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका आनुसार आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।

Crest

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता शेयर निष्काशन गरेको हो। आइपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड भएको हो । कम्पनीले यस अघि नै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS