काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशमलब २६ प्रतिशतले बढेर १,९६९ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।