काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३७ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनमा भदौ २७ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आइपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ निष्काशन गर्नेछ ।