IME Life
GBIME

सञ्चयकाेषकाे पेन्सन फण्डमा साढे ६ अर्ब रुपैयाँ जम्मा, ६२ हजारकाे सहभागीता

SPIL
NIC ASIA new
NLIC

काठमाडाै‌ं। याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रमबाट सञ्चय काेषले ६ अर्ब रुपैयाँभन्दा बढी रकम स‌ंकलन गरेकाे छ। काेषका अनुसार गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा कूल ६ अर्ब ५० कराेड रुपैयाँ याेगदान रकम स‌ंकलन भएकाे छ।

काेषमा याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रममा गत आवकाे मसान्तसम्ममा कूल ६२ हजार २८२ जना सञ्चयकर्ताले सहभागीता जनाएका छन् । तीन हजार २ सय ११ वटा कार्यालयबाट याेगदानकर्ताहरु निवृत्ती भरण कार्यक्रममा सहभागी भएका हुन् ।

Crest

यसैबीच काेषले प्रवाह गर्ने सेवा सुविधाका लागी याेगदानकर्ताकाे पहिचान अध्यावधिक गरिएपछि गत असार मसान्तसम्म ७ लाख ५ हजार सञ्चयकर्ताकाे विवरण अध्यावधिक भएकाे जानकारी दिएकाे छ । काेषका अनुसार गत आवमा कूल ८७ हजार याेगदानकर्ताकाे विवरण अध्यावधिक गरिएकाे थियाे । यसैगरी १६ हजार ५ सय वटा स‌ंस्थाले समेत पहिचान विवरण अध्यावधिक गराएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS