काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले दोस्रो वार्षिक साधारण सभा असोज १७ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्ट्र्रड कार्यालय मध्य बानेश्वरमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो ।
सभाले २०७९ /८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८० /८१ को लागि लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको रित्त रहेको पद पदपूर्ती गर्ने र कम्पनीको नियमावलीको नियम २९ तीन महले बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।