IME Life
GBIME

नेप्सेमा ४४ अंकको बृद्धि, साढे १ अर्बको कारोबार हुँदा २१२ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको बजार आज भने ४४ दशमलव ३० अंकले बढेर १,९८६ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेको छ ।

आज २१२ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै साल्ट ट्रेडिङको कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, एभरेष्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS