काठमाडौं । नेपाल बीमा प्राधिकरणले असोज २ गते सञ्चालन गर्ने बीमा सर्भेयरको परीक्षाका लागि रजिष्टर हुन आब्हान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सर्भेयरको परीक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको हो ।
परीक्षा दस्तुर ५ सय रुपैयाँ लाग्ने प्राधिरकणले जनाएको छ । उक्त दस्तुर प्राधिरकणको नविल बैंकमा रहेको सम्बन्धित खातामा जम्मा गरी प्राधिकरणले दिएको आधिकारीक वेबसाईट मार्फत भदौ ३० गतेसम्म रजिष्टर गर्नुपर्ने जनाएको छ । रजिष्टर भएका व्यक्तिहरुको नामावली भदौ ३१ गते सार्वजनिक गरिने प्राधिकरणले बताएको छ । उक्त परीक्षा विहान ११ बजदेखि अनलाइन मार्फत हुने समेत प्राधिकरणले जनाएको छ ।