IME Life
GBIME

बलेफी हाइड्रोपावरले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा असोज १८ गते गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । त्यसका लागि १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Crest

त्यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरुमात्रै वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS